क्यानमाथि आइसिसीको ‘कन्ट्रोल फन्डिङ’ हट्यो 

क्यानमाथि आइसिसीको ‘कन्ट्रोल फन्डिङ’ हट्यो 


ग्लोब नेपाल
243
Shares

काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषद (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएकाे ‘कन्ट्रोल फन्डिङ’ हटाएको छ।

क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको जनाएको छ । कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने छन् । आईसीसीले निलम्बनसँगै क्यानलाई कन्ट्रोल फन्डिङमा राखेको थियो ।

२०७६ साल असोज ११ र १२ गतेको विशेष साधारणसभाबाट नयाँ निर्वाचित कार्यसमिति आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा भएको थियो । तर, कन्ट्रोल फन्डिङ फुकुवा भएको थिएन ।

नयाँ कमिटीले आईसीसीको सम्पूर्ण मापदण्ड पूरा गर्दै आर्थिक पारदर्शिता र कार्यसम्पादन गरेको मुल्यांकनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको क्यानले जनाएको छ ।