गायिका इन्दिरा जोशीले विवाह गरिन् फेशन डिजाइनर शरद केडियासँग

गायिका इन्दिरा जोशीले विवाह गरिन् फेशन डिजाइनर शरद केडियासँग


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले विवाह गरेकी छिन् । केही वर्षदेखि फेशन डिजाइनर शरद केडियासँग प्रेममा रहेकी जोशीले उनैसंग विवाह गरेकी हुन् ।

मंगलबार चितवनको मेघौलीमा रहेको बाराही जंगल लजमा उनले प्रेमी केडियासँग विवाह गरेकी हुन् । उनीहरूको विवाहमा नजिकका आफन्त र साथीभाइको मात्र उपस्थिति रहेको थियो ।

इन्दिराले आफ्नो इन्स्टाग्राममार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘अब हामी आधिकारिक रुपमा श्रीमान्-श्रीमती भयौं ।’ आइतबार बिहेको कार्ड सार्वजनिक गर्दै इन्दिराले मंगलवार शरदसँग विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।

गत वर्ष सगरमाथा आधार शिविरमा भएको माउन्ट एभरेस्ट फेसन रनवेमा सहभागी हुने क्रममा शरदले इन्दिरालाई विवाहको प्रस्ताव राखेका थिए । इन्दिराले पनि विवाह प्रस्ताव स्वीकार गरेकी थिइन् । चलचित्र ‘लुट’को ‘उध्रेको चोली छ है’ गीतबाट चर्चामा आएकी इन्दिराको ‘म त मर्छु कि क्या हो’, ‘मोटरसाइकलमा’, ‘रेलिमाई’, ‘चौबन्धी चोली अनि रातो घाँगर’ जस्ता गीतहरु लोकप्रिय छन् ।

जोशीले सामाजिक सञ्जाल फेसबुकमा पनि तस्वीर सार्वजनिक गरेकी छन् । तस्वीरसंगै उनले लेखेकी छिन्– ‘अफिसियल्ली हजबेन्ड एण्ड वाइफ नाउ’