मोक्तान दम्पती अमेरिकामा सम्मानित

मोक्तान दम्पती अमेरिकामा सम्मानित


ग्लोब नेपाल
324
Shares

अग्रज संगीतकार शिलाबहादुर मोक्तान र अग्रज गायिका कुन्ती मोक्तान रपछिल्लो महिनाबाट अमेरिकामा छन् । उनीहरु आफ्ना सांगीतिक प्रस्तुतिका लागि अमेरिका पुगेका हुन् ।

यसै क्रममा उनले यतीबेला उनीहरु अमेरिकामासम्मानित भएका छन् । मेरिल्साण्ड सासंद ह्यारी भण्डारीले मेरिल्याण्ड राज्यको तर्फबाट कुन्ती मोक्तान तथा शिला बहादुर मोक्तानलाई सम्मान गरेका छन् । नेपाली सुगम संगीतमा चार दशक भन्दा लामो समयदेखि निरन्तर योगदान दिएको भन्दै यो सम्मान प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ ।

सांसद भण्डारी र अन्तराष्ट्रिय कलाकार संघका संस्थापक अध्यक्ष राम प्रसाद खनालले मोक्तान दम्पतिलाई सो सम्मान पत्र प्रदान गरेका हुन् । भर्जिनियाको मनासस्मा आयोजित ‘कुन्ती मोक्तान साँझ–२०२२’ मा यी दम्पतीलाई सो सम्मान गरिएको हो ।

गायिका कुन्ती मोक्तानले ‘कुन्ती मोक्तान साँझ–२०२२’ मा आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर त्यहाँ उपस्थित तीन सय भन्दा बढी दर्शकलाई नचाएकी छिन् ।

कार्यक्रमको मुख्य अतिथि बनेर पुगेका ह्यारी भण्डारी समेत कुन्तीको गीतमा नाच्न पछि परेनन् । रुषाज् ईन्टरप्राईजेज ले आयोजना गरेको सो कार्यक्रमलाई सञ्चारकर्मी सरोज केसीले संचालन गरेका थिए । केसीले गायिका कुन्ती मोक्तानको बारेमा जानकारी गराएपछि उनी मञ्चमा उत्रिईन् । त्यसपछि उनले एकपछि अर्को गर्दै आफ्ना गीतहरु करिब दुई घन्टा प्रस्तुत गरिन् ।

सो कार्यक्रममा अग्रज संगितकार शिला बहादुर मोक्तानले पनि आफ्नै स्वरमा गित गाएर सुनाए । गायिका तथा पत्नी कुन्तीलाई उनले केही गीत गाउनमा समेत सघाए । कार्यक्रममा पछिल्लो पुस्ताकी गजल गायिका ईसान्भी मिश्रले केही गीत प्रस्तुत गरेको सो कार्यक्रममा सरिसा अधिकारीले कुन्ती मोक्तानलाई चोली राम्रो पाल्पाली गीतमा नृत्य प्रस्तुत गरेर साथ दिईन् ।