स्वस्तिमाको ‘चिसो मान्छे’ प्रदर्शनमा

स्वस्तिमाको ‘चिसो मान्छे’ प्रदर्शनमा


ग्लोब नेपाल
324
Shares

काठमाडाैं । गत जेठ १३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’ले गजबको माहोल बनाएपछि शुक्रवारबाट नयाँ चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । फर्स्टलुक पोस्टर, टिजर, गीत र ट्रेलरबाट उच्च अपेक्षा गरिएको चलचित्रले मल्टीप्लेक्सहरुमा सुखद् शोज पाएको छ भने सिंगल थिएटर पनि राम्रो उपस्थिति जनाएको छ । कन्टेन्टको हिसाबले यो चलचित्र कछुवाको गतिमा चल्ने धेरैको विश्लेषण छ ।

चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । उनले ‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो सशक्त चलचित्र पस्किसकेका कारण ‘चिसो मान्छे’प्रति अपेक्षा उच्च छ । यसपटक उनलाई न औसत हुन अनुमति छ न गल्ती गर्ने छुट छ । यसैले यो चलचित्र उनका लागि अग्नीपरीक्षा पनि हो । त्यसमाथि चलचित्र ‘बुलबुल’बाट अभिनयको स्तर बढाएकी स्वस्तिमा खड्काको मुख्य भूमिका रहेकाले ‘चिसो मान्छे’प्रति अपेक्षाको चाङ ठूलो छ ।

चलचित्रमा अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय रहेको छ । डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रको कथा, पटकथा, संवाद तथा छायांकन निर्देशक खनाल स्वयंको हो । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।