प्रकाशमानको आरोप: एमालेले एसपीपीको विषय उचालेर गठबन्धन फुटाउन खोज्यो

प्रकाशमानको आरोप: एमालेले एसपीपीको विषय उचालेर गठबन्धन फुटाउन खोज्यो


ग्लोब नेपाल
81
Shares

काभ्रे । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषय उचालेर नेकपा एमालेले गठबन्धन फुटाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

शनिबार काभ्रेको बनेपामा नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमmाई सम्बोधन गर्दै सिंहले स्थानीय तह निर्वाचनको परिणाम पछि झस्किएर नेकपा एमालेले गठबन्धन फुटाउने प्रयास गरिरहेको लगाएका हुन् ।

आफू सत्तामा हुँदा पत्र लेखेको विपक्षी दलले एसपीपीको नाउँमा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको उनको दाबी थियो। ‘कांग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता गर्दैन। प्रधानमन्त्रीले पटक-पटक आफू राष्ट्रको अहित हुने कुनै पनि सम्झौता गर्दिनँ भनिरहँदा पनि ‘हैन यो सम्झौता भएकै छ’ भन्नु र नियोजित तरिकाले १० बुँदे ड्राफ्ट सार्वजनिक गर्नुले विपक्षी दल आफैँ फसिसकेको छ,’ सिंहले भने।

कांग्रेसले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै उनले कांग्रेसभित्रको आन्तरिक एकता बलियो भएमात्र लोकतन्त्र बलियो हुने जिकिर गरे।