एआईजी पोखरेलको तर्फबाट ६ जना वरिष्ठ अधिवक्ताले गरे बहस

एआईजी पोखरेलको तर्फबाट ६ जना वरिष्ठ अधिवक्ताले गरे बहस


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सर्वोच्च अदालतमा जारी छ । कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा अहिले निवेदक विश्वराज पोखरेलको तर्फबाट ६ जना कानुन व्यवसायीहरुले बहस गरिसकेका छन् ।

निवेदक पोखरेलका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, राधेश्याम अधिकारी, पूर्णमान शाक्य, हरि उप्रेती र अधिवक्ता माधव बस्नेतले बहस गरिसकेका छन् । ५ बजेभित्र टुग्याउने हिसाबले समय तालिका बनाएर बहस भइरहेको छ ।

कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडालले जेठ ३० मा सुनुवाई गरेर मुद्दा असार ५ मा हेर्दाहेर्दैमा राख्ने आदेश गरेका थिए । वैशाख १८ मा मन्त्रिपरिषद्ले एआईजी पोखरेलभन्दा १७ महिना जुनियर धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै सिनियर एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।