एआईजी विश्वराज पोखरेलको मुद्दा फेरि हेर्दाहेर्दैमा

एआईजी विश्वराज पोखरेलको मुद्दा फेरि हेर्दाहेर्दैमा

असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा


ग्लोब नेपाल
3.7k
Shares

काठमाडौं । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि जेठ ३० गतेका लागि पेशी तोकिएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो ।

आज विश्वराज पोखरेलको तर्फबाट दर्जन कानुनविद्ले बहस गरेका थिए । पोखरेलको तर्फबाट कृष्णप्रसाद भण्डारी, पूर्णमान शाक्य, राधेश्याम अधिकारी, हरि उप्रेती, हरिहर दाहाल, महादेव यादव, माधव बस्नेत, सुनील पोखरेल, रमेश बडाल, शम्भु पोखरेललगायतले बहस गरेका थिए ।