काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि भएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।
निगमले एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९९ सय रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९२ रुपैयाँ कायम गरिएको जनाएको छ ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ १९ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १८५ र हवाई इन्धन बाह्यतर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ । निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ ।
प्रतिक्रिया