काठमाडौं उपत्यकामा हैजाका बिरामी बढे

काठमाडौं उपत्यकामा हैजाका बिरामी बढे


ग्लोब नेपाल
162
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन् । आइतबार मात्रै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप तीन जनामा हैजाको आंशका गरिएको हो। तीनै जनालाई हैजाको आशंकामा भर्ना गरिएको अस्पतालका निर्देशक डा. मनिषा रावलले जानकारी दिइन । डा रावलका अनुसार काठमाडौंका विभिन्न ठाउँबाट ६५, ५५ र २८ वर्षीय तीन जना हैजाका लक्षण लिएर आएपछि आईसीयूमा भर्ना गरिएको हो।

उनीहरुलाई हैजा भए नभएको पुष्टि गर्न थप परीक्षणका लागि पठाएको डा रावले जानकारी दिइन । प्रदूषित पानी र खानाका कारण गर्मी महिनामा झाडापखालाका कारण हैजाका बिरामी बढ्दै गएकोले सचेत रहन डा. रावलले आग्रह गरिन । आइतबार अस्पतालमा भर्ना भएका बागबजारका दुई दिदी बहिनीमा हैजा पुष्टि भएको थियो। दिसाको कल्चर गर्दा हैजा पुष्टि भएको अस्पतालमा सूचना अधिकृत नवराज गौतमले जानकारी दिए ।