अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का

अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का

पाकिस्तान, अफगानिस्तान र भारतका करिब ११ करोड ९० लाख मानिसले कम्पन महसुस गरेको युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्रले ट्वीटमार्फत् जनाएको छ


ग्लोब नेपाल
189
Shares

अफगानिस्तान र पाकिस्तानको घना बस्ती भएको स्थानमा आज विहान शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेक्षणले जनाएको छ । भूकम्पले पुर्‍याएको भौतिक तथा मानवीय क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन । अफगानिस्तानको दक्षिण पूर्वी शहर खोस्टबाट ४४ किलोमिटरको दूरीमा भूकम्पको गएको बताइएको छ ।

पाकिस्तान, अफगानिस्तान र भारतका करिब ११ करोड ९० लाख मानिसले कम्पन महसुस गरेको युरोपेली भूमध्य भूकम्प विज्ञान केन्द्र ले ट्वीट मार्फत् जनाएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको छ । पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ ।