सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने राहत शिक्षकको चेतावनी

सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने राहत शिक्षकको चेतावनी


ग्लोब नेपाल
10.9k
Shares

काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले सरकारसँग यसअघि गरिएका सहमति कार्यान्वयन गर्न माग गरेको छ ।

सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूले आफूहरूको पेसागत स्थायित्वको पनि माग गरेका छन्। यसअघि नेपाल शिक्षक महासङ्घको रोहोवरमा शिक्षा मन्त्रालयसँग दुई पटक सम्झौता गरिएको भन्दै उनीहरूले सङ्घीय शिक्षा ऐन बनाउँदा आफूहरूसँग गरिएको सहमतिलाई उल्लेख गर्न माग गरेका हुन्।

आफूहरूका माग पूरा गर्नेतर्फ नगई कुनै बाहनामा तलमाथि गर्न खोजिएमा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ।

अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईँले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूसँग मन्त्रालयले गरेका सहमति कार्यान्वयन गर्न माग गरेका छन्।

विज्ञप्ति: