न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन


ग्लोब नेपाल
108
Shares

काठमाडौं । न्याय परिषद्ले न्यायाधीश-अधिवक्ता घुस ढिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठ तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए । समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहनेछन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

मंगलबार न्युज २४ टिभीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रसारण गरेको थियो।

न्यायाधीश र कानुन व्यवसायीबीचकै अडियो सार्वजनिक भएपछि न्याय परिषदको आकस्मिक बैठक बसेको हो । घुस डिल प्रकरणमा मुछिएका न्यायाधीश कोइरालाले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि न्यायपरिषद्लाई आग्रह गरेका छन् ।

यो पनि: न्यायाधीश र अधिवक्ताले घुस डिल गरेको अडियो सार्वजनिक (अडियो सहित)

याे पनि: घुस लेनदेन अडियो प्रकरणमा संलग्न न्यायाधीशले भने: म बाट कुनै अनुचित कार्य भएको छैन