कास्की । गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् । धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले ठूलो धक्का दिए पनि बिहानसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिए ।
प्रतिक्रिया