मध्यरातमा डीआईजीको बढुवा सिफारिस

मध्यरातमा डीआईजीको बढुवा सिफारिस

पहिलो नम्बरमा बसन्त कुँवर


ग्लोब नेपाल
216
Shares

काठमाडौं। बुधबार राति नायब महानिरिक्षक-डीआईजीको रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस भएको छ। बढुवा समितिले १५ महिना जुनियर ४ जना एसएसपीहरुलाई सिफारिस गरेको छ।

पहिलो नम्बरमा बसन्त कुँवर छन्। दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहेका छन्। यसैगरी चौथो नम्बरमा दीपक थापा, पाँचौं नम्बरमा श्यामलाल ज्ञवाली, छैटौंमा किरण बज्राचार्य, सातौमा सन्दिप भण्डारी, आठौंमा सुदीप गिरी, नवौंमा मीरा चौधरी र दसौंमा टेकबहादुर तामाङ छन् ।

यस्तै एघारौं नम्बरमा उमेशराज जोशी, १२ औंमा भीमप्रसाद ढकाल, तेह्रौंमा रामदन जोशी, चौधौंमा पोषराज पोखरेल, पन्धौंमा बुद्धिराज गुरुङ, सोह्रौंमा दुर्गा सिंह र सत्रौं वरियातामा किरण राणा रहेकी छन् ।

पहिलो नम्बरमा रहेका कुँवर हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका छन्। २०५१ चैत तथा २०५२ साउन र मंसिरमा सेवा प्रवेश गरेर एसएसपी भएकामध्येबाट पहिलो लटमा डीआईजी बढुवा सिफारिस भएको हो।

यो ब्याचबाट आगामी चैतमा नेपाल प्रहरीले नयाँ नेतृत्व पाउन सक्ने छ। डीआईजीबाटै आईजिपी बन्ने सम्भावना रहेकाले बढुवामा चरम रस्साकस्सी भएको थियो। बुधबार राती निकालिएको बढुवा सिफारिसमा अशोक सिंह, किरण राना, दुर्गा सिंह र सुदीप गिरी सूचीमा रहेका अन्यभन्दा १५ महिना जुनियर एसएसपी हुन्।