२ करोड घुस डिलको न्यायाधीश–अधिवक्ता संवाद

२ करोड घुस डिलको न्यायाधीश–अधिवक्ता संवाद


ग्लोब नेपाल
1.7k
Shares

अधिवक्ता रुद्र पोखरेल– प्रधानन्यायाधीशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजूरलाई पनि खबर गर्न लगाइदिन्छु ।

न्यायाधीश राजकुमार कोइराला– प्रधानन्यायाधीशलाई ?

अधिवक्ता रुद्र पोखरेल– हजूरले गर्दै नगर्ने भए त म बेकारमा किन बचन खेर फाल्न जाने ? भन्नु त !

अधिवक्ता पोखरेलले ‘इच्छाराज तामाङलाई धरौटीमा छाड्ने आदेश दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई नै भन्न लगाउने’ भनी न्यायाधीश कोइरालालाई सुनाएका हुन् । यसका लागि उनले न्यायाधीश कोइरालाको प्रतिबद्धता खोजेका छन् ।

न्यायाधीश कोइराला– सुन्नुहोस न ! सुन्नुहोस न !
(कुरा स्पष्ट बुझिँदैन)

अधिवक्ता पोखरेल– हत्तेरिका, तपाईं डराउनु पर्दैन । किन डराएको ? यस्तो मौका कहिले आउछ ? अनि किन ? अरु मान्छे कत्रो गरेर बसेका छन् ।

न्यायाधीश कोइराला– त्यो हो कि हुनलाई । अब के भनेदेखि त्यो अब मलाई…

अधिवक्ता पोखरेल– तपाईंले यो छोड्नुभयो भने तपाईंको तामाङको साम्राज्य पनि सकिन्छ । डिपोजिटकर्ता पनि सकिन्छ । यो अभियोगपत्र लगेर हेर्दा कुनचैं माइकालालले यति पैसा खाएर ग¥यो भन्ने खालको छ र ? अभियोगपत्रै त्यस्तो बनाएर ल्याएको छ ।

न्यायाधीश कोइराला– अँ…अँ… (उनी केही बोल्न खोज्छन् । अधिवक्ता पोखरेलले हस्तक्षेप गर्छन् ।)

अधिवक्ता पोखरेल– सहकारी ऐनबमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अलि अप्ठेरो हुन्थ्यो । त्यहाँ ऐनका सबै कुराहरू छँदै थिए । ठगी त ! केही गरी ठहरिँदै नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?

न्यायाधीश कोइराला– (अलि जोडले हाँस्छन् ।) त्यो त हो कि हजुर !
अधिवक्ता पोखरेल– हस्तक्षेप गरेर बोल्छन् । मान्छेले यसै…

न्यायाधीश कोइराला– सुन्नु त, त्यो कुरामा म कन्भिन्स छु । तर के भनेदेखि हिजो सुन्नुभएको भएदेखि…। रोएर… (उनले बचतकर्ता रोएर भनेका हुन् ।)

न्यायाधीश कोइरालाले ‘रोएर’ भनी संकेत गरेका व्यक्ति सिभिल सहकारीका बचतकर्ता हुन् । उनीहरूले आफ्नो बचत ‘डुबेको’ भनी प्रहरीमा उजुरी दिएका थिए र प्रहरीले इच्छाराज तामाङलाई ठगीमुद्दा चलायो । ती बचतकर्ता अदालतमै आएर रोएको भनी न्यायाधीश कोइरालाले अधिवक्ता पोखरेललाई फोनमा बताएका हुन् ।

अधिवक्ता पोखरेल– यस्तो हो क्या हजुर ! त्यसमध्येका केही मान्छे मेरा घरमा पनि आइसके । केही मान्छे अफिसमा पनि आइसके । तँलाई हामी ठीक गर्छौं पनि भनिसके । बहस नै गर्नेलाई पनि नभन्ने भन्ने हुन्न । ‘रामप्रसाद श्रेष्ठ’ भन्ने पनि मेरो ‘क्लाइन्ट’ नै रहे छन् । १० कि १२ करोड रहेछ । रिसाउँदै आएका थिए । तपाईंलाई त इमानदार वकिल, राम्रो वकिल भनेको छु भन्थे । तामाङको पक्षमा त्यस्तो बहस गर्ने हो, तपाईंले भनेर । अनि मैले हो भनेर…

न्यायाधीश कोइराला– (हिजो) डिल्लीप्रसाद भट्टराई भन्ने मान्छे आठराईको हो । वकिललाई त्यस्तो भन्नुहुन्छ । उहाँको पेशा हो, धर्म हो । त्यस्तो भन्न हुन्छ ? भनें ।

अधिवक्ता पोखरेल– भन्छन् के ? मैले हजूरलाई सुरुदेखि नै भनेको हो ।

न्यायाधीश कोइराला– हो के । सुन्नु न । जाहेरवालाको वकिल केशव बराल कि के रे ?

अधिवक्ता पोखरेल– रमेश बडाल ।

न्यायाधीश कोइराला– रमेश बडाल बहस गर्न आउने रे ! उनलाई ल्याएका छन् । यसैले गर्दा…

अधिवक्ता पोखरेल– ठीक छ । ठीक छ । बहस गर्न त पाइयो त हजूर !

न्यायाधीश कोइराला– आज दिनभरी लागिहाल्छ । आजभोलि हुन सक्दैन । (उनले बहस गरेर टुगिँदैन भन्न खोजेका हुन्) सुन्नु न ! सुन्नु न । बर्बाद हुन्छ नि त !

अधिवक्ता पोखरेल– केही हुँदैन । केही हुन्न ।

न्यायाधीश कोइराला– हँ ?

अधिवक्ता पोखरेल– केही हुन्न । म माथि मनाउँछु । माथि मैले मनाएर तपाईंलाई संकेत आएन भने नगरिस्यो । माथिबाट म गराउँछु । लिने कुरा पनि म लिन्छु । अलि राम्रै ढंगले लिउँ । यो अवसर सधैं आउँदैन, हेरिस्यो है ! (न्यायाधीश कोइराला हाँस्छन् ।)

अधिवक्ता पोखरेल– फेरि ठाउँ भएको ठाउँ छ । ठाउँ छ । ठाउँ नभएको भए हजूरले के भन्या तैले भन्नुहुन्थ्यो । हजूरले त सुरुदेखि अलिअलि मानसिकता बनाएको हो ।

न्यायाधीश कोइराला– मैले मानसिकता ! (अलि अक्मकिन्छन् ।) प्रधानन्यायाधीशले भन्छन् त ? प्रधानन्यायाधीशले ? (उनले प्रधानन्यायाधीश भन्ने शब्दलाई ज्यादा जोड दिन्छन् )

अधिवक्ता पोखरेल– भन्छन् । म भनाउँछु ।

न्यायाधीश कोइराला– १ नम्बरलाई भन्न लगाउनु न ! १ नम्बरलाई भनाउनु न ! (उनले १ नम्बर भनेर संकेत गरेका न्यायाधीश राजुकुमार खतिवडा हुन् ।)

अधिवक्ता पोखरेल– भन्न लगाएँ मैले । अब बाँकी कुरा गर्नु न तपाईं । आज चिया समयमा तपाईंलाई उसले संकेत गर्छ ।

न्यायाधीश कोइराला– ल हेरौंला नि !

अधिवक्ता पोखरेल– ल हेरौंला होइन ! मैले त्यति गरिसकेपछि हजूरले फेरि नाइ भन्ने ?

न्यायाधीश कोइराला– आज हुँदैन । म आज आदेश गर्दिन । आज हुँदैन भोलि हुन्छ भनेपछि । मुद्दा रोकिने कुरा छैन ।

अधिवक्ता पोखरेल– सामान (उनले रकमलाई सामान भनी संकेत गरेका हुन्) पनि ल्याओ भन्नुप¥यो । उ… गर्नुप¥यो । त्यत्तिकै फोकटिया त किन गर्ने फेरि ? समय नै छैन नि त ! समय नै छैन । समय छैन । (उनी यो शब्द बारम्बार दोहो¥याउँछन्) किन उ… गरिस्या भन्या ? सबै कुरा मिलिसकेपछि यस्तो बेलामा उ…गर्नु हुन्न । सबै कुरा म गरिहाल्छु । बाहिरको । माथिको पनि म भनाउँछु । सामान पनि म लिन्छु । त्योभन्दा बाहिर कहीँ एक्सपोज हुँदैन । डाइरेक्ट गर्छु मैले । यिनीहरूका सबै च्यानल हावा खाए । खासमा दरिलोसँग यिनीहरू जानै सकेनन् ।

न्यायाधीश कोइराला– धरौटी माग्ने ? कति माग्ने नि ?

अधिवक्ता पोखरेल– हजूरले कति भनिसिन्छ ? एउटा रिजनेवल भन्नप¥यो ।

न्यायाधीश कोइराला– कति भन्नु त !

अधिवक्ता पोखरेल– एउटा रिजनेवल भन्नु नि ! गएर गर्नु नि !

न्यायाधीश कोइराला– (उनी बोल्न खोज्दै थिए ।)

अधिवक्ता पोखरेल– १० करोडको हाराहारीमा माग्नु नि !

न्यायाधीश कोइराला– कति ? १० करोड ? ठीक छ, हुन्छ । हुन्छ अब । (फिस्स हाँसेको सुनिन्छ ।) अप्ठेरो पर्दैन भनेर लागियो ।

अधिवक्ता पोखरेल– पर्दैन–पर्दैन । राम्रो (हुन्छ) । सधैं यस्तो बेला आउँदैन । अरु बेलामा गर्ने । यस्तो बेलामा एउटा दुईटा सिद्धान्त छाड्ने गर्ने । जाहेरवालाको हित भन्ने । पासपोर्ट रोक्ने । एक दुईवटा, एक दुईवटा आइडिया निकालुँला न !

न्यायाधीश कोइराला– अँ.. ! (गाह्रो मानेर हाँस्छन् ।)
अधिवक्ता पोखरेल– त्यो गरौं । यतातिर झ्याप्राक्क दुई जति लिउ न ! (उनले ‘दुई’ भनी गरेको संकेत दुई करोड रुपैयाँ हो ।)

न्यायाधीश कोइराला– अँ.. ! (फेरि हाँस्छन्) ठीक छ । माथिबाट हुन्छ नि ?

अधिवक्ता पोखरेल– माथिबाट (हुन्छ) । तपाईं ए रामप्रसाद सर । अहिले मैले गएर नमस्ते गरेर मैले भनेको यति काम गर्नुपर्छभन्दा पनि गरेन भने त यो जतिको फुटकर को हुन्छ ? पैसा खाएर लालकाजीको बारेमा यत्रो गरिरहेको छ । हैन ?

न्यायाधीश कोइराला– नबुझिनेगरी केही बोल्छन् ।

अधिवक्ता पोखरेल– उनीहरूले पनि गर्ने हुन् नि !

न्यायाधीश कोइराला– ए…अँ.. !

अधिवक्ता पोखरेल– मैले मेरो यो हो । यो यो कारणले तैले गर्नुपर्छ भन्दा किन नगर्ने ? फेरि गर्न नहुने चिज भए हुने । यो त लिगल्ली तपाईं कन्भिन्स भएको हो । खाली मिडियाले के लेख्ला कि ? कसले के गर्ला कि ? भन्ने न हो ।

न्यायाधीश कोइराला– मिडियाले नाराजुलुस गर्लान् कि ?

अधिवक्ता पोखरेल– केही गर्दैनन् । नाराजुलुस केही गर्दैनन् । माथि जान्छ । माथिबाट उ…पनि भएर आउँछ । तपाईंको आदेश सदर भएर ल्याउनेसम्मको जिम्मा मेरो भयो । तपाईं किन आत्तिएको ?

न्यायाधीश कोइराला– हा…हा…। (गाह्रो मानेर हाँसेको सुनिन्छ)

अधिवक्ता पोखरेल– मलाई त पहिले पास हुँदैन कि भन्ने थियो । मुद्दा सबै हेरिसकेपछि त…। झोक्किँदै । तपाईंले सक्नुभएन भने त माथिकोले सक्छन् । बेकारमा अर्काका छोराछोरी उ…गरेको किन उ…गर्नुहुन्छ तपाईंले ? हँ…आफूले गरौं न !

न्यायाधीश कोइराला– त्यो त हो कि । ठीकै छ । ठीकै छ । माथिबाट भन्नु न ! माथिबाट १ नम्बरबाट भन्नु न !

अधिवक्ता पोखरेल– ठीक छ, म भन्न लगाउँछु नि त ! यहाँ सुनिस्यो । माथिबाट भन्न लगाउँछु । पैसा म बेलुका समाती सक्छु ।

न्यायाधीश कोइराला– त्यही त । बुझेँ नि त ! १० करोडभन्दा त धरौटी त ५० करोड रुपैयाँ भन्नुपर्छ ।

अधिवक्ता पोखरेल– ५० करोड भन्नुभन्दा त यसै थुन्दिए भैगो नि तेल्लाई ! (उनले ‘तेल्लाई’ भनी संकेत गरेका व्यक्ति ठगी आरोप लागेका इच्छाराज तामाङ हुन् ।)

न्यायाधीश कोइराला– केही बोल्न खोज्छन् ।

अधिवक्ता पोखरेल– मज्जाले हाँस्छन् ।

न्यायाधीश कोइराला– १० करोड भनेको त १० करोडै हुन्छ त !

अधिवक्ता पोखरेल– ल त भैहाल्यो नि ! १० करोड भनेको सानो पैसा होइन ।

न्यायाधीश कोइराला– सुन्नु न ! पत्रिकामा आउँछ कि ? झन् बरबाद हुन्छ कि ? जागिर जान्छ कि ?

अधिवक्ता पोखरेल– कल्ले खान्छ जागिर ? कसरी खान्छन् जागिर ? उच्चमा सरकारी वकिल जान्छ । सदर गराएर ल्याउने मेरो काम भयो । अनि, त्यसपछाडि कसरी जागिर खान्छ ?

न्यायाधीश कोइराला– हँ…हँ..! (हाँसेजस्तो गर्छन् ।) भएन भने ?

अधिवक्ता पोखरेल– हँ…?
न्यायाधीश कोइराला– सदर भएन भने ? बदर भयो भने ? पत्रिकामा आयो भने ?

अधिवक्ता पोखरेल– कस्तो कुरा गरिस्या होला ? पत्रिकामा आएकै आधारमा गर्ने हो भने त हजूरहरूजस्तो मानिस न्यायाधीश भएको के काम लाग्यो ?

न्यायाधीश कोइराला– हा..हा…!

अधिवक्ता पोखरेल– पत्रिकामा आउने, यो गर्ने उ…गर्ने हो भने त यसै तारिखमा छाड्नुपर्ने मान्छे हो । इस्यूका आधारमा त तारिखमै छाड्नु पर्ने ।

न्यायाधीश कोइराला– कुरा गरौं न !
अधिवक्ता पोखरेल– हजूरले साह्रै खुट्टा कमाउने हो, खुट्टा टेक्दिनँ भन्ने हो भने त नगरौं कुरा । माथिबाट कुरा आउँदा…

न्यायाधीश कोइराला– म के भन्छु भने म डराएको हुँ । भोलि पत्रपत्रिकामा आएर छ्याल्ल ब्याल्ल भयो भने के गर्ने भन्ने हो ?

अधिवक्ता पोखरेल– त्यसो हो भने किन बेकारमा गोला तान्या त ! अर्काकोमा परेको भए यत्रो डेढ महिनादेखिको टेन्सन ।

न्यायाधीश कोइराला– तान्दाखेरि परेछ क्या !

अधिवक्ता पोखरेल– उनीहरूको पक्षमा पनि दुई÷चारवटा कुरा लेखौंला न हो ! उ…गर्ने, पासपोर्ट, विदेश जान भन्ने । ‘हैन ? उसमा बस्नुपर्ने भन्ने । के के हुन्छ ? मलाई के थाहा हुन्छ ? हजूरलाई सबै आइडिया छँदै छ नि !

न्यायाधीश कोइराला– म सल्लाह गर्छु नि ! आफ्नो गुरुज्युसँग पनि सोध्छु नि त !

अधिवक्ता पोखरेल– के गरौं त ? प्रधानन्यायाधीशकहाँ टाइम लिऊ ?

न्यायाधीश कोइराला– अहिले ? भन्न मिल्छ ?

अधिवक्ता पोखरेल– शतप्रतिशत भन्छु ।
(उनले शत्प्रतिशत शब्दमा जोड दिएका छन् ।)

न्यायाधीश कोइराला– हो ?
अधिवक्ता पोखरेल– अँ…१ नम्बरलाई बोलाएर भन्दिन्छन् ल !

न्यायाधीश कोइराला– कल्लाई ?

अधिवक्ता पोखरेल– १ नम्बरलाई । १ नम्बरलाई भनेको होइन त हामीले ? राजुलाई बोलाएर भन्न लगाएर राजुले तपाईंलाई भन्छ ।

न्यायाधीश कोइराला– ल…ल…भन्न लगाउन त ! बोलाएर भन्न लगाउँ ।

अधिवक्ता पोखरेल– ल मैले सुरु गरें है ! त्यहाँबाट आएपछि हजूरले पछाडि हट्न पाइसिन्न है ! अरुसँग, धेरैसँग कुरा नगरिस्यो फेरि…तपाईं ममात्रै ।

न्यायाधीश कोइराला– पैसाको कुरा गर्दै गर्दिन नि !

अधिवक्ता पोखरेल– अम्बिका सम्बिकासँग भयो भने त फेरि यो कहाँ पुग्छ–पुग्छ ?

न्यायाधीश कोइराला– तपाईं र मसँगको कुरा हो नि यो !