स्थायी शिक्षक बारे यस्तो आयो सूचना

स्थायी शिक्षक बारे यस्तो आयो सूचना


ग्लोब नेपाल
332.2k
Shares

काठमाडौं । शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालयले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका बढुवा गरेको छ ।

आयोगले बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय गण्डकीमा विभिन्न समयमा पर्न आएका निवेदनका आधारमा बढुवाका लागि सिफारिस गरेको हो । आयोगको नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ ९संशोधन सहित० को नियम ३४ को प्रयोजनका लागि प्रकाशित बढुवाको सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको सचिवालय नियमावली अनुसार सबैभन्दा बढी अङ्क प्राप्त गर्ने निम्नलिखित जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार देहायका उम्मेदवारहरूको नामावली प्रकाशित गरिएको छ।

प्रदेश बढुवा समितिले गरेका बढुवा उपर चित्त नबझेमा यो सूचना प्रकाशित भएका मितिले ३५ दिनभित्र माशि प्रथम श्रेणीका लागि रु ७५०, माशि द्वितीय र निमाशि प्रथम श्रेणीका लागि रु ६०० निमावि द्वितीय र प्राशि प्रथम श्रेणीका लागि रु ५००, र प्राशि द्वितीय श्रेणीका लागि रु ३५० राजश्व तिरी निवेदन दिन सक्ने सूचनामा उल्लख गरिएको ।