छिट्टै नै नयाँ मन्त्रीहरूको सपथग्रहण हुन्छ : नेता श्रेष्ठ

छिट्टै नै नयाँ मन्त्रीहरूको सपथग्रहण हुन्छ : नेता श्रेष्ठ


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्री फिर्ता बोलाउने विषय स्थायी समितिको सर्वसम्मति निर्णय भएको जनाएको छ । शुक्रबारको पोलिटब्यूरो बैठक जारी रहँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता जीवनराम श्रेष्ठले स्थायी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने विषय टुङ्ग्याइसकेको बताए ।

‘मन्त्री फिर्ता बोलाउने विषयमा स्थायी समितिको बैठकले सर्वसम्मति निर्णय गरिसक्यो,’ उनले भने, ‘स्थायी समितिमा अहिलेका दुई मन्त्रीहरू विरोध खतिवडा र रामकुमारी झाँक्री पनि हुनुहुन्छ, उहाँहरूले पनि सहमति जनाउनुभएको हो ।’

पाँचदलीय गठबन्धनमा आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै नेता श्रेष्ठले दलले गरेको निर्णयलाई गठबन्धनको नेतृत्वको मान्नुपर्ने बताए । नेतृत्वले अटेर नगरेको स्पष्ट पार्दै उनले कार्यान्वयनमा केही ढिलाइ भने भएको उल्लेख गरे ।

‘पाँच दलीय गठबन्धनमा एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका छ, गठबन्धनमा भए पनि आ–आफ्नै दलका निर्णय हुन्छन् र गठबन्धनको नेतृत्वले त्यसको कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘तर, केही ढिलो भने भइरहेको छ ।’

नेता श्रेष्ठले पार्टीभित्र कुनै पनि विवाद नभएको जिकिर गर्दै छिट्टै नै नयाँ मन्त्रीहरूको सपथग्रहण हुने दाबी गरे । यद्यपि मिति र समय भने तोकेनन् । यसैबीच, पार्टीका १० जना सांसदहरूले अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । उनीहरुको पत्रमा मन्त्री चयन समावेशी नभएको विषय समेटिएको छ ।