अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतनको संवैधानिक अधिकार खारेज

अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतनको संवैधानिक अधिकार खारेज

सर्वोच्च अदालतले ५० वर्ष पुरानो फैसला उल्ट्याएको हाे


ग्लोब नेपाल
216
Shares

अमेरिकी सर्वोच्च अदालतले आधा शताब्दीदेखि रहेको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको छ । सर्वोच्च अदालतले गर्भपतन प्रतिबन्ध लगाउन राज्यहरूलाई अगाडी बढ्न संकेत दिएको छ । यसको बिरोधमा चर्का नारा ,जुलुस प्रदर्शन भइरहेका छन् भने डेमोक्र्याटिकलाई ठूलो धक्का लागेको छ ।

अदालतको फैसलापछि त्यहाँका धार्मिक अभियानकर्मी  र दक्षिणपन्थी  भने खुसी भएका छन् । सन् १९७३ मा गर्भपतनलाई वैध बनाइए पनि उनीहरुले त्यसको विरोध गर्दै आएका थिए । फैसलाको पक्षमा ६ र विपक्षमा ३ जना न्यायाधीश उभिएका थिए ।

योसँगै अमेरिकामा महिलाले गर्भपतन सम्बन्धि कानुनी अधिकार गुमाएका छन् । अदालतको यो आदेशले अब अमेरिकाका राज्यहरुलाई गर्भपतनलाई गैरकानूनी मान्ने वा त्यसलाई मान्यता दिने विकल्प दिएको छ ।

तर, गर्भपतन महिलाको हक हुनुपर्ने माग गर्दै आएका संगठन तथा संस्थाहरूले भने अदालतको फैसलामा असन्तुष्टि जनाउँदै विरोध जनाएका छन् । अमेरिकामा महिला अधिकारवादीहरुले अदालतको फैसलाप्रति चर्को विरोध जनाएका छन्।