राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट

राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट

प्रधानमन्त्री शेरबहादुर देउवाले ४ दशकपछि नेपाललाई अन्तर्राष्ट्रिय सम्बन्धमा पुरानै दरिलो र बलियो खम्बाका रुपमा चिनाउन सफल भएका छन्


ग्लोब नेपाल
1.3k
Shares

न्यूयोर्क । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग शनिबार भेट गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका बेला राजदूत खत्रीको यो भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।

बहुदल आएपछि नेपालका प्रमुख वा प्रधानमन्त्री कसैले पनि यति सहजरूपमा राष्ट्रपति वाइडेनसँग भेट्ने अवसर पाएका थिएनन् । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पालामा नेपाली राजदुतले सहजै भेट, भलाकुसारी गर्न पाएका छन् । पहिले–पहिले राजाको पालामा अमेरिकाले नेपाललाई यस्तै प्राथमिकता दिएका उदाहरणहरु छन् ।

बिश्वका शक्ति राष्ट्रले कम्युनिस्ट मुलुक र कम्युनिस्ट सरकारको प्रतिनिधिलाई बिश्वास गर्दैनन् । त्यसैले अहिले देउवाको नेतृत्व सरकार आएपछि बिश्वका अधिकांश शक्ति राष्ट्र नेपालसँग हातेमालो गर्न चाहन्छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ४ दशकपछि नेपाललाई अन्तर्राष्ट्रिय सम्बन्धमा पुरानै दरिलो र बलियो खम्बाका रुपमा चिनाउन सफल भएका छन् । एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले गर्ने भनेको आफ्नो मुलुकको पहिचान र पहुँचलाई सबै राष्ट्रसँग जोड्नु महत्त्वपूर्ण काम हो ।