आईजीपी बढुवाविरुद्ध मुद्दाको सुनुवाइ आज

आईजीपी बढुवाविरुद्ध मुद्दाको सुनुवाइ आज

आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन्


ग्लोब नेपाल
972
Shares

काठमाडौँ । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।

सिनियर एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरु भए पनि मुद्दाको बहस नसकिएपछि दुईपटक हेर्दाहेर्दैमा राखिएको छ ।