सुरु भयो विश्वराज पोखरेलको मुद्दाको सुनुवाइ

सुरु भयो विश्वराज पोखरेलको मुद्दाको सुनुवाइ


ग्लोब नेपाल
270
Shares

काठमाडौ । नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ सुरु भएको छ। सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सरकारी वकिलहरूले बहस सुरु गरेका हुन् । आइजिपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका हुन् ।

आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै १७ महिना सिनियर एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा तेस्रो पटक सुनुवाइ भइरहेको हो। यसअघि यो मुद्दामा जेठ ३० र असार ५ मा सुनुवाइ भएर सोमबारका लागि हर्दाहर्दैमा पेशी तोकिएको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आइजिपी नियुक्त गरेको भन्दै सिनियर एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।