गोरखा जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

गोरखा जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) लाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले नियन्त्रणमा लिएको छ । अख्तियारले १५ हजार घुससहित तहसिलदार रामचन्द्र केसीलाई हिजो (बिहीबार) नियन्त्रणमा लिएको छ ।

अदालत नजिकै एक होटलमा सेवाग्राहीसँग काम मिलाइदिने भन्दै पैसा लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारको पोखरा कार्यालय स्रोतले जनाएको छ । उनलाई बिहीबार बेलुकी नै पोखरा लगिएको छ ।