काठमाडौं । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी आफ्नै निवासको कोठामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान कार्यालय परिसरभित्र रहेको प्रहरी अधिकृत निवासको भुइँतलाको कोठामा अचेत अवस्थामा फेला परेका हुन् ।
मंसिर १ गते बिहान साढे ९ बजेसम्म पनि उनी नउठेपछि सहकर्मीले कोठाको ढोका ढकढक्याएका थिए । ढोकाभित्रबाट चुकुल लगाइएको र झ्यालसमेत बन्द अवस्थामा थियो । झ्यालको लक तोडेर भित्र प्रवेश गर्दा उनी ओछ्यानमै अचेत अवस्थामा भेटिएका थिए ।
तत्काल जिल्ला अस्पताल तम्घास पु¥याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।


प्रतिक्रिया