अब इसीडी शिक्षकको मासिक तलब १७ हजार !

अब इसीडी शिक्षकको मासिक तलब १७ हजार !


ग्लोब नेपाल
25.8k
Shares

काठमाडौं । सरकारले बालबालिका स्वयंसेवक( इसीडी) शिक्षकको तलब १५ हजारबाट बढाएर १७ हजार पुर्याएको छ ।

गत आईतबार संघिय संसदको माथिल्लो सदन बैठकमा विनियोजन विधेयक, २०७९ माथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले इसीडी शिक्षकको तलब बढाएर १७ पुर्याएको बताए ।

उनका अनुसार यसअघिको केन्द्र सरकारले आठ हजार र स्थानीय सरकारले सात हजार गरी जम्मा १५ हजार दिँदै आएकोमा अहिलेको केन्द्र सरकारले २ हजार थप गरेको बताए । उनले इसीडी शिक्षकले अब केन्द्रबाट १० हजार र स्थानीय तहबाट ७ हजार गरी जम्मा १७ हजार पाउने बताए ।