प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण

प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण


ग्लोब नेपाल
243
Shares

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरुले हिजाे शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गरेका छन् ।

शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका बारेमा छलफल गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनले त्यहाँको सैन्य मामला कार्यालयका सैन्य सल्लाहकार बिरामे दिओप, शान्ति स्थापना कार्यसञ्चालन विभागका उपमहासचिव जाँ पिये लाक्रोइ, कार्य सञ्चालन सहायता विभागका उपमहासचिव अतुल खारे र राजनीतिक तथा शान्ति निर्माण मामिलाका उपमहासचिव रोजमेरी डिकार्लोसँग भेटवार्ता गरेका थिए ।

प्रधानसेनापति शर्मा यही असार ४ देखि ८ गतेसम्म लेवनान तथा असार ९ र १० गते सिरियास्थित शान्ति मिसन क्षेत्रको भ्रमण सम्पन्न गरी असार १३ देखि संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा छन् । प्रधानसेनापति शर्मा भ्रमण सम्पन्न गरी भाेलि आइतबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।