स्वीटजरल्याण्डमा पहिलोपटक समलिंगी विवाह समारोह

स्वीटजरल्याण्डमा पहिलोपटक समलिंगी विवाह समारोह


ग्लोब नेपाल
189
Shares

स्वीटजरल्याण्डमा पहिलोपटक वैधानिक रुपमा समलिंगी विवाह समारोहको आयोजना गरिएको छ । नौ महिना अघि गरिएको जनमत संग्रहमा ६४ प्रतिशत स्वीस नागरिकले समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्ने पक्षमा मतदानपछि यस्तो समारोहको आयोजना गरिएको हो ।

जनमत संग्रहबाट समलिंगी विवाहले वैधानिकता पाएपछि एउटै लिंगका व्यक्तिहरु बीच विवाह गराइएको हो । अब समलिंगी जोडीले पनि विपरित लिंगी जोडीले जस्तै समान अधिकारको प्रयोग गर्न पाउने छन् । जुलाई १ पछाडि उनीहरुले धर्मपुत्र धर्मपुत्री राख्ने तथा श्रीमान् र श्रीमतीका रुपमा नागरिकता प्राप्त गर्ने सम्मको अधिकार पाएका हुन् । नवविवाहित जोडीले यसलाई प्रतिकात्मक दिनको रूपमा वर्णन गर्दै खुसीयाली साटासाट गरेका छन् ।

८५ लाख जनसंख्या रहेको परम्परागत र रुढीवादी मुलुकका रुपमा चिनिएको स्वीटजरल्याण समलिंगी विवाहलाई मान्यता दिने थोरै युरोपेली देश मध्येको एक बनेको छ । अझै पनि युरोपका ग्रीस, इटाली र एन्डोरा, मोनाको र सान मारिनो राज्यमा पुरुष र महिलाको जोडीलाई मात्रै वैवाहिक मान्यता दिइएको छ ।