युक्रेनमा आक्रमण जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश

युक्रेनमा आक्रमण जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश


ग्लोब नेपाल
27
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।

पुटिनलाई रुसी टेलिभिजनमा ‘पहिले नै स्वीकृत योजना’ अनुसार आफ्ना लक्ष्य पछ्याउन अन्य मोर्चामा पनि अघि बढ्न आह्वान गर्दै गरेको देखाइएको थियो।

लिसेचान्स्कमा कब्जा गर्नुको अर्थ लुहान्स्क क्षेत्र अब रुसी हातमा छ भन्ने हो। यसैबीच एकजना वरिष्ठ युक्रेनी अधिकारीले लिसेचान्स्क सहरमा आफ्नो नियन्त्रण गुमेपछि रुसी फौजलाई पश्चिमतर्फ अघि बढ्नबाट रोक्नका निम्ति आफूहरूले सैन्य सुदृढीकरण गरिरहेको बताएका छन्।

रुसी कब्जामा रहेको लुहान्स्कका गभर्नर सेर्ही हाइडाईले युक्रेनी सेना पछि हट्ने क्रममा कुनै पनि क्षति नभएको बताएको विविसीले जनाएको छ । उनले रुसी सैनिकहरूलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि युक्रेनी फौजले आफूलाई सुदृढ पारिरहेको दाबी गरेका छन्।

उनले रुसीहरूले टाढैबाट हमला गरेर सहर ध्वस्त नपारुन् भनेर आफूहरूले त्यसलाई छाडेको बताएको पनि विविसीले उल्लेख गरेको छ

उनले लुहासन्स्क रुसी नियन्त्रण जानु पीडादायी भएको भन्दै तर आफूहरूले एउटा लडाइँ हारे पनि पूरै युद्ध नहारेको बताएका छन्।