स्थानीय तहको चुनावमा खर्च नभएको डेढ अर्ब रुपैयाँ निर्वाचन आयोगद्वारा फिर्ता

स्थानीय तहको चुनावमा खर्च नभएको डेढ अर्ब रुपैयाँ निर्वाचन आयोगद्वारा फिर्ता


ग्लोब नेपाल
297
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनमा ६ अर्बभन्दा बढी खर्च भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचनका लागि ८ अर्ब ९५ करोड रुपैयाँ बजेट अर्थ मन्त्रालयसँग माग गरेकोमा मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको थियो ।

अहिलेसम्म ६ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको देखिएको आयोगको भनाइ छ । निर्वाचनका लागि सुनिश्चित गरिएको बजेट मध्ये करिव डेढ अर्ब खर्च नै नभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । खर्च हुन नसकेको रकम मन्त्रालयलाई फिर्ता गरिएको छ । यसअघि २०७४ सालमा तीन चरणमा भएको चुनावमा झण्डै सात अर्ब रुपैयाँ खर्च भएको थियो ।