माओवादी केन्द्रको बैठक स्थगित

माओवादी केन्द्रको बैठक स्थगित


ग्लोब नेपाल
270
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ गते बस्नेछ ।

गत आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन माथी केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको थियाे । यो कार्यसूची अब बुधबारका लागि सरेको छ ।

९ वटा अजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भुगोलबाट रिर्पोटिङ भएको थियो भने दोस्रो दिन केन्द्रीय सदस्यहरुले केन्द्रीय नेतृत्व माथी प्रश्न गरेका थिए ।