रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु


ग्लोब नेपाल
378
Shares

काठमाडौं । रामेछापको हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए ।

आज बिहान १० बजे बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको बताइएकाे छ । २५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । दुर्घटना के कारणले भएको भन्ने खुलिसकेको छैन।