सिकागो हत्याकाण्डका अभियुक्तलाई कडा सजायको तयारी

सिकागो हत्याकाण्डका अभियुक्तलाई कडा सजायको तयारी



न्युयोर्क । गत जुलाई ४ मा अमेरिकाको शिकागो नजिकै स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजित परेडमा गोली चलाएका एक किशोरलाई हत्याको आरोपमा मुद्धा चलाउने तयारी गरिएको छ । उनलाई विरुद्ध सात जनाको हत्या अभियोग लगाइएको छ ।

लेक काउन्टी राज्यका अधिवक्ता एरिक राइनहार्टले २१ वर्षीय रोबर्ट क्रिमोलाई आफ्नै समुदायको विरुद्धमा गरेको हत्याकाण्डको लागि सजाय दिइने बताए । हाइल्याण्ड पार्कमा भएको आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै कयौं मानिस घाइते भएका थिए । अनुसन्धान समाप्त हुनु अघि थप दर्जनौं आरोपपत्र दायर गरिने अधिवक्ता राइनहार्टले बताए ।

अभियुक्तले शक्तिशाली राइफलबाट ७० वटा गोली हानेको आरोप लगाइएको छ । साथै मानिसको हत्या गरिसकेपछि महिलाको भेष बनाएर पीडितहरुकै बीच लुकेर भागेको आरोप छ । योजनावद्ध रुपमा आक्रमण गरेको भन्दै अभियुक्त क्रिमोलाई कडा सजायँ दिइने तयारी गरिएको छ ।