आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा


ग्लोब नेपाल
351
Shares

काठमाडौं । गृहमन्त्रालयले असार २६ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिएको जनाएको हो। गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिअनुसार नेपाल राजपत्रमा मिति २०७८।११।२६ मा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक विदा दिने व्यवस्था रहेको र उक्त पर्व वि.सं. २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भइ आएकाले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।