नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, काठमाडौँमा भरत बोहरा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, काठमाडौँमा भरत बोहरा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ । यस्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराई सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकास खनाल, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र लागू औषध नियन्त्रण ब्युरोमा विकास राज खनाल सरुवा भएका छन् ।