कान्छो सगरमाथा आरोही शम्भु तामाङको क्यान्सरबाट निधन

कान्छो सगरमाथा आरोही शम्भु तामाङको क्यान्सरबाट निधन


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङको निधन भएको छ। हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे निधन भएको परिवार जनाएको छ।

उनले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सगरमाथा आरोहण गरेका थिए। तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम राख्न सफल भएका थिए। मूल घर सिन्धुपाल्चोक रिस्याङ्खु भएका तामाङ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका थिए।