बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने दौड सुरु

बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने दौड सुरु


ग्लोब नेपाल
810
Shares

लन्डन । बेलायतमा नयाँ प्रधानमन्त्री चयनको दौड सुरु भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनको दौड सुरु भएकाे हाे । संसदमा कञ्जरभेटिभ पार्टीकै बहुमत कायम रहेकाले नयाँ प्रधानमन्त्री पनि सोही पार्टीबाटै बन्ने पक्का भएकाे छ । तर प्रधानमन्त्री बन्नका लागि एक दर्जन आकांक्षी देखिएका छन् ।

कञ्जरभेटिभ पार्टीको संसदीय दलको नेतामा जसले बहुमत सांसदहरुको समर्थन जुटाउँछ उनै प्रधानमन्त्री बन्ने छन् । प्रधानमन्त्री बन्ने दौडमा पूर्वअर्थमन्त्री ऋषि सुनाक, विदेशमन्त्री जिल ट्रष्ट, स्वास्थ्यमन्त्री सजिद जाविद, रक्षामन्त्री वेन वालेस, गृहमन्त्री प्रीति पटेललगायत रहेका छन् ।

दौडमा रहेका १२ जना मध्ये जोन्सन सरकारमा रक्षामन्त्री रहेका वालेस पार्टी सांसदहरुमा सबै भन्दा लोकप्रिय देखिएका छन् । दोस्रो नम्बरमा पूर्वअर्थमन्त्री ऋषि सुनाक रहेका छन् । सुरुमा संसदीय दलको नेता बन्न कम्तिमा आठ जना सांसदको समर्थन लिएर जति जना पनि उम्मेदवार बन्न पाउने प्रावधान रहेको छ ।

सांसदहरुले उम्मेदवारहरुको संख्या दुई जनामा नझरेसम्म मतदान गरिरहन्छन् भने अन्तिमा दुई जनाबीचको प्रतिस्पर्धाबाट संसदीय दलको नेता चयन हुने गर्छन् ।