राउटे युवतीमाथी यौन दुर्व्यवहार गर्नेलाई ७ वर्ष कैद सजाय, दुई लाख जरिवाना

राउटे युवतीमाथी यौन दुर्व्यवहार गर्नेलाई ७ वर्ष कैद सजाय, दुई लाख जरिवाना


ग्लोब नेपाल
54
Shares

सुर्खेत । राउटे समुदायकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा दुई जनालाई अदालतले सात सात वर्ष कैद सजाय र जनही दुई लाख जरिवाना तोकेको छ ।

बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासलेगत वर्ष सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटलमा लगेर राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने गुर्भाकोट-९ का चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सातरसात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो । उनीहरूले पीडित कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्ने छ ।

जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वल रावलले युवतीमाथि यौन दुर्व्यवहार गरिएको होटलका सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको जानकारी दिए ।

होटल सञ्चालक पुनले कैदसँगै १ लाख रुपैयाँ जरिवानासहित ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने छ । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो । राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो सार्वजनिक भएपछि २०७८ जेठ २३ गते प्रहरीले उनीहरूलाई प्रक्राउ गरेको थियो ।