बाजुराको बूढीगंगा नगरपालिकामा एमालेलाई झिनो मतको अग्रता

बाजुराको बूढीगंगा नगरपालिकामा एमालेलाई झिनो मतको अग्रता


ग्लोब नेपाल
2.5k
Shares

बाजुरा । बाजुरा बूढीगंगा नगरपालिकामा भएको स्थानीय तह चुनावको प्रारम्भीक नतिजा सार्बजनिक भएको छ ।

प्रारम्भिक मत परिणाम अनुसार झिनो मतले नेकपा एमाले उम्मेदवार अगाडी रहेका छन् । वडा नं १ र १० को ४ सय मतगणना गन्दा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले ३ मतको अग्रता लिएका छन् । उनले १८८ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले १८५ मत पाएका छन् ।

यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १८७ र नेपाली कांग्रेसकी रिता शाहीले १८५ मत पाएका छन् ।

बूढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्ध गरी बिहीबार फेरि मतदान गरिएको हो ।