बुढीगंगा मत अपडेट: एमाले उम्मेदवारलाई पन्ध्र सय बढीकाे अग्रता

बुढीगंगा मत अपडेट: एमाले उम्मेदवारलाई पन्ध्र सय बढीकाे अग्रता


ग्लोब नेपाल
27
Shares

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता लिएका छन् ।

बिहीबार पुनः मतदान भएको बुढीगंगामा पाँच हजार ४२९ मत गणना हुँदा एमालेका बानियाँले तीन हजार ३५१ मत पाएका छन्। नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले एक हजार ७८९ मत पाएका छन् ।

यसैगरी उपमेयरमा एमालेकी मायाकुमारी खड्का (कुँवर) ले तीन हजार २७९ मत पाएकी छन् भने कांग्रेसकी रीता शाहीले एक हजार ८५८ मत पाएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिलेसम्म मत गणना सकिएका मध्ये पाँच वटा वडा एमालेले र एउटा वडा कांग्रेसले जितेको छ ।बुढीगंगामा कूल ९ हजार १२८ मत खसेको थियो।