श्रीलङ्कामा प्रदर्शन चर्किएसँगै थप सङ्कट, प्रधानमन्त्री राजीनामा दिन सहमत

श्रीलङ्कामा प्रदर्शन चर्किएसँगै थप सङ्कट, प्रधानमन्त्री राजीनामा दिन सहमत


ग्लोब नेपाल
27
Shares

काठमाडौं । श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजपक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्गको निवासमा प्रदर्शनकारीहरू प्रवेश गरेपछि त्यहाँ गम्भीर सङ्कट उत्पन्न भएको छ।

शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास घेराउ गर्न थालेपछि राष्ट्रपति राजापाक्ष सरकारी निवास छाडेर भागेका छन् । यद्यपि उनलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। पछिल्ला विवरण अनुसार प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा समेत प्रवेश गरेका छन्।

यसैबिच सर्वदलीय सरकार गठनका लागि मार्गप्रशस्त गर्नेगरी प्रधानमन्त्री रनिल विक्रमासिङ्ग राजीनामा गर्न सहमत भएको उनको कार्यालयले जनाएको वीवीसीले उल्लेख गरेको छ । आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् ।

दशकौँ यता श्रीलङ्काले भोगिरहेको खराब आर्थिक सङ्कटलाई राष्ट्रपतिले सही ढङ्गले सम्बोधन नगरेको भन्दै आक्रोशित प्रदर्शनकारीको भीडलाई सम्हाल्न सुरक्षा निकायलाई धौधौ परेको छ।