श्रीलंकामा सरकार विरोधी प्रदर्शन उत्कर्षमा

श्रीलंकामा सरकार विरोधी प्रदर्शन उत्कर्षमा

राष्ट्रपतिद्वारा राजीनामाको घोषणा


ग्लोब नेपाल
243
Shares

श्रीलंका । श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । राष्ट्रपति भवनमा नै प्रदर्शनकारीहरु प्रवेश गरेर तोडफोड गर्नुका साथै प्रधानमन्त्रीको घरमै आगजनी गरेपछि राष्ट्रपति राजापाक्षेले राजिनामाको घोषणा गरेका हुन् ।

राष्ट्रपति भवनमा प्रदर्शनकारी प्रवेश गरेको समय उन भने भवनबाट बाहिरिसकेका थिए। यसैगरी श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमाशिंगे पनि उनको घरमा आगजनी भएका बखत त्यहाँ थिएनन् ।

गम्भीर आर्थिक संकट झेलिरहेको श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्री प्रति सर्वसाधारणको व्यापक असन्तुष्टि रहेको छ । महिनौंदेखि राष्ट्रपतिको राजिनामाको माग गर्दै सर्वसाधारण सडक संघर्षमा ओर्लिएका छन् ।

प्रदर्शनकारीले आगजनी गरेपछि हिजै प्रधानमन्त्री विक्रमासिंगे पनि राजिनामा दिन सहमत भएको त्यहाँका सभामुखले जानकारी दिए । शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि प्रधानमन्त्रीले आगामी बुधबार संसद समक्ष राजिनामा दिनेछन् ।