‘गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे मेरो समर्थन रहन्छ’

‘गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे मेरो समर्थन रहन्छ’

संसदीय दलको निर्वाचनमा थापाले उम्मेदवारी दिने


ग्लोब नेपाल
756
Shares

क्यालिफोर्निया। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताएका छन् ।

अमेरिका भ्रमणमा रहेका शर्माले काँग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्ने क्रममा शर्माले थापाको पक्षमा विचार व्यक्त गरेका हुन् । सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उनले बताएका हुन् ।

महामन्त्री थापाले अन्तवार्ताका क्रममा निर्वाचन पश्चात् प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आएका छन् । काँग्रेसमा संसदीय दलको नेता चुनिएर मात्रै प्रधानमन्त्री बन्ने प्रावधान छ । संसदीय दलको नेता चुन्नका लागि हुने निर्वाचनमा थापाले उम्मेदवारी दिने बताउँदै आएका छन् । सफल-असफल जुनसुकै परिणाम पनि स्विकार्नका लागि प्रयास गर्ने उनको भनाइ छ ।