ढिलो-चाँडो पुग्ने श्रीलङ्काकै स्थितिमा हो : नारायणकाजी श्रेष्ठ

ढिलो-चाँडो पुग्ने श्रीलङ्काकै स्थितिमा हो : नारायणकाजी श्रेष्ठ

अर्थ मन्त्रालय मन्त्रिविहीन भएका बेला नारायणकाजीको टिप्पणी


ग्लोब नेपाल
540
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश ढिलो वा चाँडो एउटा वा अर्को रुपमा श्रीलङ्काकै स्थितिमा पुग्ने चेतावनी दिएका छन् । अर्थ मन्त्रालय मन्त्रिविहीन भएका बेला उनले सामाजिक सञ्जालमार्फत् व्यक्त गरेको अभिव्यक्तिमा देशलाई श्रीलङ्काको स्थितिमा पुग्नबाट बचाउनका लागि समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं सङ्गठित प्रयत्न गर्न आह्वान गरेका छन् ।

‘हामी अहिले नै श्रीलङ्काको अवस्थामा पुगिसकेका छैनौँ, यो सही नै हो’, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिद्धान्त एवं मूल्यविहीन भ्रष्ट- स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पुर्‍याउने त्यतै हो ।’