देउवा कांग्रेसको ओखलढुंगामा प्रदेशसभा क्षेत्र र पालिका अधिवेशन सम्पन्न, को-को भए सभापति ?

देउवा कांग्रेसको ओखलढुंगामा प्रदेशसभा क्षेत्र र पालिका अधिवेशन सम्पन्न, को-को भए सभापति ?


ग्लोब नेपाल
0
Shares

रुम्जाटार । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहले ओखलढुंगाका पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ ।

१५ औँ महाधिवेशन तयारी समितिका केन्द्रीय प्रतिनिधि गोमा केसीका अनुसार दशैँ र तिहारको बीचमा पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको हो ।

सबै पालिका र दुवै प्रदेशसभामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको जिल्ला निर्वाचन समितिका सहसंयोजक अधिवक्ता चन्द्रमणि अधिकारीले जानकारी दिए । जसमध्ये चिसंखुगढी गाउँपालिकामा डिकबहादुर कार्कीको सभापतित्वमा कार्यससमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

सिद्धिचरण नगरपालिकामा पवन श्रेष्ठको नेतृत्वमा, मोलुङ गाउँपालिकामा केपी दाहालको नेतृत्वमा, खिजीदेम्बा गाउँपालिकामा पेमा निम्बा शेर्पाको नेतृत्वमा, लिखु गाउँपालिकामा मीन सुवेदीको नेतृत्वमा कार्यसमिति सर्वसम्मत रूपमा चयन भएका छन् ।

त्यसैगरी चम्पादेवि गाउँपालिकामा दिपक कार्कीको नेतृत्वमा, मानेभन्जाङ गाउँपालिकामा इन्दिरा दाहालको नेतृत्वमा र सुनकोशी गाउँपालिकामा चूडामणि धमलाको नेतृत्वमा कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको बताइएको छ ।

यसै प्रदेश सभा क मा विश्वराज राईको नेतृत्वमा र प्रदेश ख मा देवेन्द्र पौडेलको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको छ । राई र पौडेल दुवैले १५ औँ महाधिवेशन तयारी समितिको प्रदेशको क्षेत्रीय संयोजकको जिम्मेवारी सम्हालिसकेका हुन् ।