आईजीपी नियुक्ति विवाद मुद्दाको फैसला आज आउन सक्ने

आईजीपी नियुक्ति विवाद मुद्दाको फैसला आज आउन सक्ने


ग्लोब नेपाल
702
Shares

काठमाडौं । आईजीपी नियुक्ति विवाद मुद्दाको फैसला आज आउने सम्भावना रहेको छ । दुवैतर्फबाट बहस नोटसमेत बुझाइसकेको र बहस नोटको अध्ययनसमेत भइसकेकाले आज दुवैतर्फका कानुनी व्यवसायीबीच सवाल जवाफपछि फैसला आउनसक्ने सम्भावना रहेको मुद्दामा संलग्न एक कानुन व्यवसायीले जानकारी दिए ।

हेर्दाहेर्दैमा रहेको यो मुद्दामा सर्वोच्च अदालतले २३ गते बहस नोट जारी गर्ने, २४ गते लिखित बहसको अध्ययन गर्ने र २६ गते फैसला गर्ने कार्यतालिका सर्वोच्च अदालतले जारी गरेको थियो । हिजो २६ गते सार्वजनिक विदा परेकाले उक्त मुद्दाको सुनवाई आजका लागि सारिएको हो ।

सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखिएको पाँचौं पटक हो । यसअघि जेठ ३०, असार ५, १३ र १९ गते आईजीपी विवादबारे सुनुवाइ भइसकेको छ ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले एआईजी पोखरेलभन्दा १७ महिना जुनियर धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै सिनियर एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।