संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुन्छ : महामन्त्री थापा

संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुन्छ : महामन्त्री थापा


ग्लोब नेपाल
729
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । सोमबार बिहान ललितपुरमा क्रियाशील सदस्यको भेला तथा जनप्रतिनिधिलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रिय सभामा दर्ता भएको उक्त विधेयक आज वा भोलीसम्ममा फिर्ता हुने बताएका हुन् ।

‘आज भोलिमा त्यो विधेयक फिर्ता होला,’ उनले भने । महामन्त्री थापाले विधेयक फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक रहेको बताए ।

‘राष्ट्रियसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस भएको छ । यसमा हामी प्रष्ट छौँ, गल्ती गर्ने छुट नेपाली कांग्रेसलाई छैन्,’ थापाले भने, ‘हिजो यस्तै विधेयक ल्याउँदा गलत भन्यौँ, मान्दैनौँ भन्यो । विधेयक ल्याएको भन्दै हाम्रो सभापति बैठकमा भाग लिन जानु भएन । हिजो गलत भनेका थियौँ, आज पनि गलत हो ।’

गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश भएको थियो ।