हत्या आरोपीलाई सफाइ दिने धनुषाका जिल्ला न्यायाधीश भट्टराई सर्वोच्च तानिए

हत्या आरोपीलाई सफाइ दिने धनुषाका जिल्ला न्यायाधीश भट्टराई सर्वोच्च तानिए


ग्लोब नेपाल
54
Shares

काठमाडौं । दिनदहाडै गोली प्रहार गरी व्यवसायीको हत्या गरेको आरोप लागेका अभियुक्तलाई सफाइ दिने फैसला गरेका धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत काठमाडौं तानिएका छन्।

सर्वोच्च अदालत स्रोतका अनुसार जिल्ला न्यायाधीश भट्टराईलाई आजैदेखि सर्वोच्चमा काज सरुवा गरिएको पत्र धनुषा जिल्ला अदालतलाई पठाइएको छ । न्याय परिषद् स्रोतका अनुसार न्यायाधीश भट्टराईमाथि गम्भीर छानबिन भइरहेको छ।

जनकपुरका पेट्रोलपम्प व्यवसायी मनोज साहलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा रंगेहात पक्राउ परेका पंकज भनिने दामोदर चौधरीसहित ३ प्रतिवादीलाई दाबी नपुग्ने भन्दै भट्टराईले सफाइ दिएका थिए ।

दिनदहाडै गोली प्रहार गरी हत्या गरेको अभियोग लागेका पंकजले सफाइ पाएपछि उक्त मुद्दामा व्यापक आर्थिक चलखेल भएको चर्चा चलेको थियो। पछिल्लो समय सर्वोच्च अदालतले फैसलामा कैफियत देखिएका तथा विवादास्पद फैसला गरेका विभिन्न न्यायाधीशलाई काजमा तान्ने कार्यलाई तीव्रता दिएको छ ।