तीन वर्षको रिक्ततापछि प्रतिनिधिसभा उपसभामुखको निर्वाचन असार ३१ गते

तीन वर्षको रिक्ततापछि प्रतिनिधिसभा उपसभामुखको निर्वाचन असार ३१ गते


ग्लोब नेपाल
162
Shares

काठमाडौं । झण्डै तीन वर्षदेखि रिक्त रहेको उपसभामुख चयनका लागि पर्सि असार ३१ गते निर्वाचनको मिति तोकिएको छ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ ।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि प्रतिनिधि सभामा उपसभामुख पद रिक्त छ । सभामुख र उपसभामुख एउटै दलले लिन नपाउने संवैधानिक व्यवस्था छ ।