पर्सि उपसभामुख चयन हुने , यस्ताे छ निर्वाचन कार्यतालिका

पर्सि उपसभामुख चयन हुने , यस्ताे छ निर्वाचन कार्यतालिका


ग्लोब नेपाल
540
Shares

काठमाडौं । झण्डै तीन वर्षदेखि रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । ३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आब्हान गर्ने र ३१ असारमा बस्ने बैठकबाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ । तत्कालिन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजिनामा दिए पछि झन्डै २ बर्षदेखि उपसभामुख खाली रहदैँ आएको थियो ।