प्रधानमन्त्री विक्रमसिङ्घ श्रीलङ्काको कार्यवाहक राष्ट्रपति नियुक्त

प्रधानमन्त्री विक्रमसिङ्घ श्रीलङ्काको कार्यवाहक राष्ट्रपति नियुक्त


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ ।

श्रीलङ्काका प्रधानमन्त्री विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्‌का सभामुखले जानकारी दिएका छन् । संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबयले राजपक्षले नै विक्रमसिङ्घलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको सभामुखले बताएको वीवीसीले उल्लेख गरेको छ ।

यसबारे राजपक्ष आफैँले कुनै सार्वजनिक घोषणा गरेका छैनन्। केही दिनदेखि सबै घोषणाहरू संसद्‌का सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन्।

औपचारिक रूपमा बुधबार (आज) पदबाट राजीनामा भनेका श्रीलंकाका राष्ट्रपति राजापाक्ष माल्दिभ्स पुगेपछि राजधानी कोलम्बोमा फेरि पद्रर्शन सुरु भएको छ ।

उनी बुधबार बिहान सेनाको विमानमा माल्दिभ्सको राजधानी माले पुगेका थिए । उनीविरुद्ध व्यापक प्रदर्शन भइरहेका बेला आज बिहान माल्दिभ्स पुगेका छन् । उनलाई मालेको वेलाना विमानस्थलमा माल्दिभ्स सरकारका प्रतिनिधिले स्वागत गरेका थिए।

गोटाबाया राजापाक्षे माल्दिभ्स भागेको खबर बाहिरिएसँगै उनको राजीनामाको माग गर्दै हजारौं प्रदर्शनकारी श्रीलंकाको राजधानी कोलम्बोमा सडकमा उत्रिएका छन् ।