स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित


ग्लोब नेपाल
216
Shares

काठमाडाै‌ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले स्कटल्याण्डमाथि ५ विकेटको जीत दर्ता गरेको छ । पहिलो खेलमा नामेवियासँग पराजित भएको नेपालले आज स्कटल्याण्डलाई पराजित गरेसँगै अंक तालिकामा २ अंक थप्न सफल भयो । यो सँगै नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । नेपालले १८ खेलबाट १७ अंक बनाएको छ ।

स्कटल्याण्डले दिएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो । नेपालले मध्यम सुरुवात गरेको थियो । कुशल भुर्तेल र आशिफ शेखले ओपनिङ साझेदारी ४७ रनको गरेका थिए । भुर्तेल २७ रन बनाएर आउट भएका थिए ।

त्यसपछि देव खनाल र आशिफ शेखले पारि अघि बढाएका थिए । आशिफले १३.३ ओभरमा ७७ रन भएका बेला नेपालले दोस्रो विकेट गुमाउन पुग्यो । नेपालका देव खनाल व्यक्तिगत ४ रन जोडेर पभेलियन फर्किए । त्यसपछि आशिफलाई साथ दिन रोहित पौडेल क्रिजमा आएका थिए । तेस्रो विकेटको रुपमा आशिफ आउट भएका थिए ।

२०.४ ओभरमा १२५ रन बनाएका बेला आशिफ अर्धशतकीय पारि ७१ रन बनाएर पभेलियन फर्किएका थिए । उनले करियरको तेस्रो अर्धशतक पनि बनाए । चौथो विकेटको रुपमा नेपालले दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो ।

ऐरी ३ रन जोडेर आउट हुँदा नेपालले २२.१ ओभरमा ४–१३० बनाएको थियो । पाँचौं विकेटको रुपमा आरिफ शेख १ रन बनाएर आउट भए । अन्तिममा नटआउट पारि खेल्दै रोहित पौडेलले नेपाललाई जिताए । रोहितलाई बल फेस नै नगरी मोहम्मद आदिल आलमले साथ दिए । रोहितले ३४ रनको नटआउट पारि खेल्दा ३१ बलको सामना गरेका थिए ।

स्कटल्याण्डका गाभिन मेनले सर्वाधिक ३ विकेट लिए । टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले स्कटल्याण्डलाई ४२.५ ओभरमा अल आउट गर्दै १४४ रनमा रोक्न सफल भएको थियो ।
धर्मराएको स्कटल्याण्डको पारिलाई नवौं नम्बरमा ब्याटिङका लागि मैदान आएको गाभिन मेनले उकासेका थिए ।सुरुदेखि नै दवाबमा आएको पारिलाई गाभिनले अर्धशतकीय पारि खेल्दै उकासेका हुन् ।

स्कटल्याण्डका म्याथ्यू क्रस व्यक्तिगत २ रन बनाएर आउट हुँदा पहिलो विकेट गुमेको थियो । त्यसपछि कलुम म्याकलोडले पारि सम्हाल्ने प्रयास गरे पनि व्यक्तिगत १३ रन बनाएर पभेलियन फर्किए ।

त्यसपछि व्यक्तिगत ६ रन बनाएर केइल कोट्जर आउट भएपछि स्कटल्याण्डले २२ रन बनाउँदा तेस्रो विकेट गुमाएको थियो । यस्तै, जर्ज मुन्सले ४ रन जोडे भने कप्तान रिचे बेरिंगटन ३ रनमा पभेलियन फर्किए । १४.१ ओभरमा स्कटल्याण्डले ६ विकेट गुमाउँदा ४६ रन बनाएको थियो । छैटौं विकेटको रुपमा मिचले लेस्क ४ रन बनाएर आउट हुँदा ६५ रन भएका बेला सातौं विकेट गुम्न पुग्यो ।

२५.४ ओभरमा ७९ रन बनाएका बेला मार्क वाटलाई आठौं विकेटको रुपमा गुमाउन पुग्यो । ९५ रन पुगेका बेला स्कटल्याण्डले नवौं विकेट खेर फालेको थियो । एड्रियन नेइल २ रन बनाएर आउट भए । त्यसपछि गाभिन र हम्जा ताहिरले स्कटल्याण्डको पारिलाई धेरैहदसम्म जोगाए । गाभिनले ६४ रनको अर्धशतकीय पारि खेल्दा हम्जाले ७ रन बनाए । नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले ३–३ विकेट लिँदा सन्दीप लामिछानेले २ विकेट हात पारे । करण केसी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट हात पारे ।